२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

दीपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

Nada
२०८३ वैशाख १८ गते १३:४२
Shares
दीपेन्द्रको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ । 

ncell

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । ९४ बल खेलेका उनले १३ चौका र १ छक्काको सहयोगमा १०० रन बनाए । नेपालका लागि विनोद भण्डारीले अर्धशतकीय इनिङ खेले । उनले ७९ बलमा ७ चौकाको सहयोगमा ५६ रन बनाए ।

यस्तै कप्तान रोहित पौडेलले ४८ बलमा ३ चौकाको सहयोगमा ३९ रन बनाए भने गुल्सन झाले ३८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।

त्यस्तै अर्जुन कुमालले ११ र आरिफ शेखले ११ रन बनाए । युएईका लागि अजय कुमार र जुनिद सिद्धिके २-२ विकेट लिए । हैदर अलि र खुजीमा तानभिरले समान १-१ विकेट लिए । 

ताजा खबर

सम्बन्धित खबर