२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो’

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १७:४५
‘आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो’

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले निर्वाचन गराउन निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् ।

आयोग पदाधिकारीसँग आज भएको छलफलमा उहाँले आयोगको भवनलगायत पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को संशोधनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको कार्यालय भवन पुनःनिर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र त्यसका नयाँ व्यवस्था, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ परिमार्जन आवश्यक भएको बताए ।  

ADVADV

सम्बन्धित खबर

Advertise