आरएन यादव/मध्यान्ह
राजविराज, १७ माघ । बालविवाह गरेको अभियोगमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई सप्तरीको राजगढ गाउँपालिका २ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको जम्मु कश्मिर घर भएका ४१ वर्षीय गुलाब जिलानीसहित सोही ठाउँका ४० वर्षीय रफिक खार र २७ वर्षीया नुरजहान रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाँबाट खटिएको टोलीले पीडित बालिकासहित उनीहरुलाई पक्राउ गरेको हो ।
सप्तरीकै महादेवा गाउँपालिका १ की १७ वर्षीया बालिकासँग गुलाब जिलानीको विवाह गराई बालिकासहितलाई लिएर उनीहरु भारततर्फ जाँदै गर्दा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
बालविवाह गराई भारततर्फ लैजान खोजेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिई बालविवाह मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies