
काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको हो ।
नेपालका लागि आसिफ शेखले ९४ रनको अर्धशतकीय पारी खेले । ९७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै, अर्जुन कुमालले ४८ रन बनाए । ८७ बल खेलेका उनले ४ चौका प्रहार गरे । आरिफ शेखले २४ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ४३ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ४२ बलमा १ चौकाको सहयोगमा ३३ रन बनाए । गुल्सन झाले १७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ९ रन बनाए ।
ओमानका लागि नदीम खानले ३ तथा शकिल अहमद र हशैन शाहले २–२ विकेट लिए ।