२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कमजोर सडकले सिमलताल दुर्घटना

ADV
शिव विक
२०८१ साउन २३ गते ०६:४०
कमजोर सडकले सिमलताल दुर्घटना

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।

अध्ययन कार्यदलले डिजाइन बिनाको कमजोर सडककै कारण सिमलतालमा ६५ जना बेपत्ता हुने गरी दुई वटा बस पहिरोसहित त्रिशुलीमा बगेको निचोड निकालेको छ । 

सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक बनाउँदा भएको कमजोरीको कारण दुईवटा डिलक्स बस त्रिशूलीमा खसेको छानबिन निष्कर्ष छ । यो सिमलतालमाथि  हालसालै निर्माण भएको सडक हो । 

कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा त्यसको असर देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘सडक बनाउँदा कट एण्ड फिल एप्रोचमा काम नगरेर कटिङबाट मात्र सडक बनाउँदा अत्यधिक निस्केको माटो छेउमा फ्याँकिएको र टेवा पर्खाल नहुँदा डेब्रिज सिन्दुरे खोल्सा हुँदै बगेको देखिन्छ’ प्रतिवेदनमा भनिएको छ । 

बगेको डेब्र्रिजको प्रेसर चेक ड्याम र ग्याविन वालले धान्न नसकेपछि बाढीसँगै आएको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेका दुईवाट बस धकेलेर त्रिशूलीमा खसालेको कार्यदलको निष्कर्ष छ ।

गत असार ३१ गते गृहमन्त्री लेखकले कार्यदल गठन गरेका थिए । 

कार्यदलले सडक डिभिजन भरतपुरले डेब्रिज सफा गर्दा माथिल्लो साइडमा थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्नेमा ध्यान नदिएको प्रतिवेदनले औंल्याएको छ । ‘कल्भर्ट र क्याचपिट नियमित सफा गरेको देखिँदैन’ प्रतिवेदनमा भनिएको छ । 

सडक बनाउँदा वातावरणीय पक्षको ध्यान नदिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ,‘एकीकृत सूचना प्रणाली नहुँदा सवारी चालकले सडकको अवस्था पूर्वानुमान नगरेको र सुरक्षाकर्मीले पनि बस रोक्न आवश्यक ठानेनन् ।’

गत असार २८ गते गणपति र एन्जल डिलक्स त्रिशूलीमा पहिरोसहित बग्दा बेपत्ता भएका थिए । दुवै बसमा सवार ६५ जनामध्ये अझै ४० जना यात्रुको अवस्था अज्ञात छ । बसमा सवार २५ जनाको भने शव भेटिएको छ ।

विपद्ले लग्यो एकै दिन ११ को ज्यान 

मंगलबार प्राकृतिक विपद्का घटनामा परी देशभर ११ जनाको मृत्यु भएको छ । 

नेपाल प्रहरीका अनुसार सोमबारसम्म मनसुनजन्य विपद्का घटनामा परेर १५४ जनाको मृत्यु भएको थियो । बुधबार यसमा एकै दिन ११ जना थपिएका हुन् । 
यो सँगै यस वर्षको मनसुनजन्य विपद्का घटनामा परेर गत जेठ २८ गतेदेखि मंगलबारसम्म १६५ जनाको मृत्यु हुन पुगेको छ । 

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर मानवीय क्षेतिका साथै अन्य भौत्तिक क्षति समेत भएको छ । 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्मा परेर १९८ जना घाइते भएका छन् भने १५१ जना बेपत्ता छन् । प्रहरी प्रवक्ता कार्कीका अनुसार मंगलबार मात्रै थप चार जना बेपत्ता भएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise