२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बरहवा खोलामा हाम फालेका पुरुषको शव फेला

shivam cement
२०८२ असोज २९ गते २१:०३
Shares
बरहवा खोलामा हाम फालेका पुरुषको शव फेला

रौतहट : रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा खोलामा हाम फालेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ करिब सवा ५ बजे अन्दाजी ३५ देखि ४० वर्ष उमेरका अज्ञात पुरुषले बरहवा पुलबाट खोलामा हाम फालेका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय गौर, सशस्त्र प्रहरी बल हजमिनिया र वीरदल गण पुरेनवा ब्यारेकबाट खटिएको संयुक्त टोलीले करिब तीन घण्टा खोजीपछि उक्त पुरुषलाई मृत अवस्थामा फेला पारेको थियो ।

उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । हाल मृतकको शव अस्पतालमै राखिएको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत पुरुष करिब पाँच फिट सात इन्च उचाइका, मझौला शरीरका, गहुँगोरो वर्णका र कालो कपाल भएका छन् । उनले हरियो फूल प्रिन्ट भएको भेष्ट र कलेजो रंगको ट्र्याक सुट लगाएका थिए ।

तराई क्षेत्रका व्यक्तिजस्तो देखिने ती पुरुषको पहिचानका लागि रौतहट प्रहरीले आफन्त वा चिन्ने व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर