एजेन्सी : चीनले ताइवाननजिकै अर्को सैन्य अभ्यास गर्ने भएको छ ।
ताइवानलाई घेरेर चारदिनसम्म गरिएको सैन्य अभ्यास सकिएसँगै बेइजिङले अर्को सैन्य अभ्यासको घोषणा गरेको हो ।
चीनले अबको सैन्य अभ्यास ‘एल्लो’ र ‘बोहाइ’ सागरमा हुने जनाएको छ ।
चीन र कोरियाली प्रायद्वीपको बीचमा रहेको एल्लो सागरमा गरिने नयाँ सैन्य अभ्यास शनिबारदेखि सुरु हुने बताइएको छ । सो अभ्यास अगष्टको मध्यसम्म जारी रहने छ ।
अभ्यासमा लाइभ फायर अभ्यास समेत रहने बताइएको छ । त्यस्तै चीनको पूर्वी क्षेत्रमा अवस्थित बोहाइ सागरमा पनि शनिबारदेखि नै एक महिना लामो सैन्य अभ्यास हुने बेइजिङले जनाएको छ ।
चिनियाँ सेनाका शीर्ष अधिकारीले चीनले ताइवान खाडीको पूर्वी भागमा निरन्तर सैन्य अभ्यास जारी राख्ने बताएका छन् ।
चीनले अब नियमित रुपमा ताइवान नजिकै सैन्य अभ्यास गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै चीनले त्यसको जवाफमा ताइवानलाई घेरेर सैन्य अभ्यास गरेको हो ।
ताइवानले चीनमाथि आक्रमणको तयारी गरिरहेको आरोप लगाएको छ ।
चीनले ताइवानलाई आफ्नो प्रान्तको रुपमा लिँदै आएको छ । तर, ताइवानले भने आफू एक छुट्टै स्वायत्त राष्ट्र भएको दाबी गर्ने गर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies