सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासका लागि छनोट गरिएका योजना गठबन्धन सरकारले हटाएको आरोप लगाएका छन् ।
रौतहट जिल्लाकै नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा यो जिल्लाको विकासका लागि सिन्का समेत भाँच्न नसकेको ओलीले आरोप लगाए ।
रौतहट सदरमुकाम गौरमा एमालेको वृहत पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदो एक वर्षभित्रमा नेकपा एमालेको सरकार बन्ने दाबी गरे । उनले, 'कसले भन्छ एमालेको सरकार बन्दैन ? आउँदो एक वर्षभित्रमा एमालेको सरकार बन्छ ।'
ओलीले अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेका काम नेकपा एमालेले तीन वर्षमा गरेर देखाएको दाबी गरे । तर गृह जिल्लामा माधव नेपालले २१ महिना प्रधानमन्त्री हुँदासमेत विकासको नाममा सिन्को पनि भाँचन नसकेको उनले बताए ।
ओलीले आफू प्रधानमन्त्री हुँदा रौतहटको विकास मात्रै नभई देशकै लागि धेरै योजनाहरु राखेको भन्दै सडक संजाल, शिक्षा, स्वास्थ्य लगायतका सय भन्दा बढी योजना अहिलेको सरकारले खारेज गरेको आरोप लगाए । ओलीले देशको विकास गर्ने एक मात्र पार्टी एमाले रहेको बताए ।
कार्यक्रममा विभिन्न पार्टी प्रत्याग गरी पाँच हजारभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एक नेताले मध्यान्हलाई जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies