२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन हुने

Nada
२०८३ जेठ १५ गते १७:२९
Shares
कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन हुने

काठमाडौं : सरकारले कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । 

ncell

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।

बजेटमा नर्सिङ कर्मचारीको रात्री ड्युटी भत्ता दोब्बर बनाउने व्यवस्था पनि गरिएको छ । अर्थमन्त्री वाग्लेले महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको पनि बताए ।

उनले भने, ‘कर्णाली प्रदेशको दुर्गम स्थानहरुमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौं । नर्सिङ कर्मचारीको रात्री डयुटी भत्ता दोब्बर गरेको छु । महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गर्दै आएका यातायात खर्चमा ५० प्रतिशतले वृद्धि गरेको छु ।’

अर्थमन्त्री वाग्लेले गरिब नागरिकको स्वास्थ्य उपचारमा गम्भिर भएर लाग्ने पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर