ललितपुरः ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी खुसी भएको बताएका छन् ।
ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६ महिना अगाडि महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेंथुनियुक्त भएपछि महानगरमा अन्य नगर र महानगरलाई सिकाउने गरी उदाहरणीय काम भएको बताएका हुन् ।
“नगर प्रहरीको कामबाट सबै खुसी छन्, नगरप्रहरीमार्फत हामीले विधि पुर्याएर काम गरेका छौँ”, उनले भने । उनले नगरप्रहरीको कामले महानगरको सेवा प्रवाहलाई अत्यन्तै सहज बनाएको बताउदै प्रहरीलाई सुरक्षाका थप विधि अपनाएर काम गर्न आग्रह समेत गरे ।
महानगर उपप्रमुख मञ्जली शाक्यले नगरप्रहरीका कामले नगरवासीमा सकारात्मक धारणा विकास गरेको बताइन् । शाक्यले भनिन्, “नगर प्रहरीले काम गर्दा महानगरको योजनाबमोजिम अगाडि बढ्नु हुनेछ भन्ने अपेक्षा छ । नगरप्रहरीका कामलाई थप व्यवस्थित गर्न आवश्यक नीतिगत काम गर्न तयार छौँ।”
यही पुस २ गते १०४औं स्थापना दिवस मनाएको ललितपुर महागरले यस वर्षका लागि ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ नारालाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको छ ।
प्रदर्शनीमा सार्वजनिक पाटीपौवाको सरसफाइ, सडकका छेउछाउमा राखिएका सामग्री हटाउने, भूइँमा लत्रिएका र अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने र फुटपाथ अतिक्रमण गरी व्यापार गर्न रोक्नेलगायत नगरप्रहरीले गरेका सकारात्मक कामलाई समेटिएको थियो ।
नगरप्रहरीले जनचेतना जगाउनका लागि चेतनामूलक सन्देश प्रवाह गर्ने, नक्सापास नगरी बनाइएका अव्यवस्थित संरचना हटाउने, जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउनेलगायतका कार्य गर्दै आइरहेको छ । हाल ललितपुर महानगरमा ७५ जना नगर प्रहरी कार्यरत छन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies