२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

प्रतिनिधि सभाको बैठक आइतबार बस्ने, ३ दिनसम्म बजेटमाथि छलफल हुने

Nada
२०८३ जेठ १५ गते १९:०३
Shares
प्रतिनिधि सभाको बैठक आइतबार बस्ने, ३ दिनसम्म बजेटमाथि छलफल हुने

काठमाडौँ : प्रतिनिधि सभाको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ ।

ncell

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्षको आय व्यय विवरण पेस गरेपछि बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । 

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको बजेटमाथि प्रतिनिधि सभामा ३ दिन छलफल हुने भएको छ । 

अर्थमन्त्री डा. वाग्लेले बजेटसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेपछि सभामुख अर्यालले त्यसमाथि छलफल गर्न ३ दिन समय तोकेका हुन् ।

सभामुख अर्यालका अनुसार जेठ १८, १९ र २० गते छलफल गर्ने र सांसदहरूले जवाफ दिने बताएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर