
काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर आकार ठुलो र महत्त्वाकांक्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गरेका छन् ।
आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै यस्तो उनले दाबी गरेका हुन् । उनले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को अनुपातमा हेर्दा बजेटको आकार जम्मा २८.५ प्रतिशत मात्र रहेको भन्दै उनले यो बजेट सानो र राज्यको क्षमता सुहाउँदो रहेको दाबी गरे ।
अहिले मुलुकको ऋण आकार जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले यो पटक ४ खर्ब १० अर्ब आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब वाह्य ऋणको लक्ष्य लिइएको बताए । यो ऋण पहिले लिएको ऋण तिर्नमा समेत खर्च हुने गरेको उनले बताए । हालसम्म ऋणको आकार २९ खर्ब ७५ अर्ब रहेको वाग्लेले जानकारी दिए ।