
काठमाडौं : इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सम्पन्न गरेको छ । काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो ।
यस क्याम्पेनमार्फत काठमाडौंका सहरी युवामाझ इनड्राइभको प्रमुख विशेषता, यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सुविधाबारे, जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।
इनड्राइभको प्लेटफर्ममा चालकहरूले यात्रुद्वारा प्रस्तावित भाडालाई स्वीकार, अस्वीकार वा प्रति प्रस्तावगर्न सक्ने विशेष व्यवस्था रहेको छ । ‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको उक्त क्याम्पेनले यात्रु र चालक दुवैलाई थप स्वतन्त्रता, पारदर्शिता तथा लचकता प्रदान गर्ने इनड्राइभको विशिष्ट सेवा मोडेललाई उजागर गरेको थियो । उक्त क्याम्पेन काठमाडौंका चार प्रमुख तथा व्यस्त क्षेत्रहरू बागबजार, जनबहाल, पिम्बहाल र ठमेलमा सञ्चालन गरिएको थियो ।
यस क्याम्पेनमार्फत करिब २,४०० जनाप्रत्यक्ष सक्रिय रूपमा सहभागी थिए । इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले भनिन्, ‘काठमाडौंमा स्थानीय बजार, छिमेकी पसल तथा दैनिक यातायात सेवामा समेत मोलमोलाइ गर्ने चलन गहिरोसँग स्थापित छ ।’ ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेनमार्फत हामीले यही परिचित व्यवहारलाई रमाइलो र सहभागितामूलक ढंगले प्रस्तुत गर्दै इनड्राइभको निष्पक्ष मूल्य निर्धारण अवधारणाबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेका हौं ।’