२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सेयर बजार सामान्य अंकले बढ्यो, निर्जीवन बीमा समूहमा तीव्र वृद्धि

Nada
२०८३ जेठ २० गते १५:५९
Shares
सेयर बजार सामान्य अंकले बढ्यो, निर्जीवन बीमा समूहमा तीव्र वृद्धि

काठमाडौँ : अघिल्लो कारोबार दिन उल्लेख्य सुधार देखिएको सेयर बजार बुधबार भने सीमित अंकले मात्र बढेको छ । आज बजार २.६६ अंकले उकालो लाग्दै नेप्से परिसूचक २७८० विन्दुमा पुगेको छ ।

ncell

दिनभरको कारोबारमा बजार सामान्य उतारचढावबीच सीमित दायरामै चलेको देखिएको छ । कारोबारतर्फ १४९ कम्पनीको मूल्यमा वृद्धि हुँदा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनी स्थिर रहेको तथ्यांक छ ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

क्षेत्रगत सूचकहरूमा आज निर्जीवन बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । सो समूह ३.३७ प्रतिशतले वृद्धि हुँदै वैशाख २ यताकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन फाइनान्स समूहमा तीव्र वृद्धि देखिएको थियो, जसले ६ प्रतिशतको उछाल हासिल गरेको थियो ।

बजार विश्लेषकका अनुसार बजेटमार्फत तेस्रो पक्ष बीमाको सीमा दोब्बर बढाएर १० लाख रुपैयाँ पुर्‍याइएपछि निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षाले सो समूहमा लगानीकर्ताको आकर्षण बढेको हो ।
 

ताजा खबर

सम्बन्धित खबर