२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘ईकर्जा– झ्याप्पै क्याम्पेन’

Nada
२०८३ जेठ २० गते २१:३९
Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘ईकर्जा– झ्याप्पै क्याम्पेन’

काठमाडौं : डिजिटल माध्यमबाट बिमा धितोमा ऋण प्रवाह गर्ने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ अभियान ‘ईकर्जा– झ्याप्पै क्याम्पेन’ सुरु गरेको छ । 

ncell

डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई सहज, छिटो र झन्झटरहित ऋण सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको यस अभियानमार्फत योग्य बिमितहरूले अब घरमै बसेर अनलाइन प्रक्रियामार्फत ऋण प्राप्त गर्न सक्नेछन् ।

यस अभियानअन्तर्गत ग्राहकले अधिकतम २ लाख रुपैयाँसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन् । साथै, ऋण आवेदन गर्दा लाग्ने ५० रुपैयाँ सेवाशुल्कमा १०० प्रतिशत क्यासब्याक सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

विशेषगरी, यस सेवाको सबै प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेकोले कुनै कागजी प्रक्रिया वा अतिरिक्त दस्तावेज आवश्यक नपर्ने कम्पनीको भनाइ छ ।

‘ईकर्जा– झ्याप्पै क्याम्पेन’ नेपालमा डिजिटल बिमा ऋण सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ । यस अभियानले बिमितहरूलाई छिटो, सुरक्षित र सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै डिजिटल नेपालको अवधारणालाई थप बल पुर्‍याउने विश्वास लिइएको छ । 

ताजा खबर

सम्बन्धित खबर