२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

पिपुल्स इनर्जी लिमिटेडेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल

Nada
२०८३ जेठ २१ गते १२:५६
Shares
पिपुल्स इनर्जी लिमिटेडेको सेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल

काठमाडौं : पिपुल्स इनर्जी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ६६ लाख थान साधारण सेयरको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल ६६ करोड रुपैयाँको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ ।

ncell

सोमबार क्यापिटल र पिपुल्स इनर्जी कम्पनीबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

ज्योति क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, कमलपोखरी, काठमाडौंमा आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर