
काठमाडौं : विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले आसन्न विश्वकप फुटबललाई लक्षित गर्दै नेपाली ग्राहकहरूका लागि विशेष ‘आर यु रेडी फर ग्रेटनेस’ अभियान सार्वजनिक गरेको छ । फुटबलप्रेमीहरूलाई घरमै रंगशालाको जस्तो जीवन्त अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।
यस विशेष अफर अन्तर्गत टिसिएलका टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, कम्पनीले ग्राहकको भरोसालाई मध्यनजर गर्दै कुल ४ वर्षको विशेष वारेन्टी सुविधा समेत उपलब्ध गराएको छ ।
ग्राहकहरूको सुविधाका लागि टिसिएलले नागरिकताको आधारमा सहज इएमआई सुविधा पनि ल्याएको छ, जसले प्रिमियम टेलिभिजनको खरिदलाई अझ सुलभ बनाउनेछ । उत्कृष्ट डिस्प्ले र अडियो प्रविधिका लागि परिचित टिसिएलका टेलिभिजनले विश्वकपका हरेक क्षणलाई यादगार बनाउने कम्पनीको विश्वास छ ।
नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा वितरण गर्दै आएको टिसिएलको यो योजना २०८३ जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभरका आधिकारिक शोरुम र विक्रेताहरूमार्फत लागू हुनेछ ।