२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

हाडजोर्नी निको पार्ने जसपुरे ‘वैद्य बा’

ADV
सपना बोहरा
२०८१ साउन २५ गते २१:२२
हाडजोर्नी निको पार्ने जसपुरे ‘वैद्य बा’

दाङ : कसैको हात खुट्टा भाँचियो वा मर्कियो औषधी उपचारको लागि सबैले सम्झिने नाम हो जसपुरे ‘वैद्य बा’ । 

हुन त उनी कुनै हाडजोर्नी विशेषज्ञ सर्टिफिकेट प्राप्त व्यक्ति होइनन् । न कुनै अन्य डाक्टर वा ज्योतिष जस्तो व्यवसाय सञ्चालन गरेर सेवा दिएका छन् । 

४४ वर्षदेखि हाडजोर्नी सम्बन्धी सेवा दिँदै आएका तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ का टेक बहादुर डाँगी हुन् । 

यो नामले भन्दा बढी परिचिति छन्, जसपुरे ‘वैद्य बा’ को उपनामले । हाडजोर्नी जस्तो जटिल प्रकृतिका उपचार पनि ‘वैद्य बा’ ले गर्छन् भनेर सुन्दा अचम्म लाग्ला । तर यो सत्य हो । उनीसँग आफ्नै विधि छ । सट्केको, मर्केका हाड जोर्नीलाई सहि ठाउँमा ल्याउनका लागि आफ्नै थेरापी छ, अनि आफ्नै जडिबुटी ।

उमेरले ७४ वसन्त पार गरिसकेका डाँगी अर्थात् जसपुरे  ‘वैद्य बा’ को अझै पनि घरमा हात, खुट्टा भाँचिएका, मर्किएका लगायतका बिरामीहरु आउने गर्छन् । उनको घरमा कुनै  हाोर्डिङ बोर्ड लगाएको छैन्, न कुनै प्रचार–प्रसार नै गरेका छन् । तर उनको घर पत्ता लगाएर टाढा–टाढाका मानिसहरु उपचार गराउन आउँछन् । मोटरसाइकल दुर्घटनामा परेर दाहिने हात भाँचिएका राजपुर गाँउपालिकाका शिक्षक रामेश्वर यादव पनि जसपुरे ‘वैद्य बा’ कहाँ चेक गराउन गए । बैद्य डाँगीले हात छामे अनि एउटा गम्छाले हात नचलियोस् भनेर बाँधिदिए । जडिबुटी पनि दिए । तर उनले कुनै शुल्क तोकेनन् । शिक्षक यादवले स्वइच्छाले भेटी दिए ।

‘पहिले अस्पतालमा गएर जाँच गराए, एक्सरे पनि गराए, यादवले भने ‘डाक्टरले अप्रेशन गर्नुपर्छ भनेका थिए, म ‘वैद्य बा’को जाँच गराउन आए  ।’ सानै उमेरदेखि नै ‘वैद्य बा’ को बारेमा थाहा पाएकाले  घर खोज्दै जाँच गराउन आएको उनले बताए । 

त्यस्तै घोराहीकी सिर्जना देवकोटाको पनि हात मर्केको थियो । उनले  दुई  पटक एक्सरे  गराइन् । डाक्टरको सल्लाह अनुसार हातमा मलहम लगाइन् ।  अनि केही थान व्यान्डेज गरिन्, तर हात दुख्न छोडेन । त्यस पश्चात उनी ‘वैद्य बा’मा गइन् । ‘वैद्य बा’ ले हातको हड्डि र नसा यता उता चलाइएदिए । जोर्नी पट्कियो । हातको हड्डी अफ्ठेरोमा परेको हो, ठिक भयो, अब भन्दै बिहान साँझ आगोमा कागती तताएर दुख्ने भागमा लगाउन सुझाव दिए । ‘वैद्य बा’ले हातको नसा तन्काएको र हात यता उता गरी हड्डी पटकाउँदा नै दुखाइ कम भएको उनले बताइ्न् । 

पछिल्लो समयमा  नयाँ प्रविधिका उपकरणहरु आइसकेका छन् उपचार गराउनको लागि । धेरै विशेषज्ञ डाक्टर पनि छन् । अस्पताल नखुल्दै डाक्टर नआउँदै देखिको सेवा दिएर होला अझै पनि ‘वैद्य बा’ विश्वास गर्छन् ।  

रोल्पामा जन्मिएका उनी गाउँ घरका हात जोड्नी  सम्बन्धी भएका बिरामीहरुलाई सन्चो बनाएर पठाउँथे । ‘राम्रो कामको त प्रचार गर्नै नपर्ने रहेछ, घरमै अस्पताल जस्तो पो भिड लाग्न थाल्यो’ उनले भने । आफ्नो उमेर बढ्दै गएकाले यो विधि आफ्नो  सिकाएको उनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise