एजेन्सी : चीन र ताइवानबीचको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ् वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको बताएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले राष्ट्रिय दिवसको अवसरमा ताइवानकी राष्ट्रपति साइको भाषणलाई उत्तेजक भन्दै ताइवानले भिडन्त चाहेको प्रतिक्रिया दिएका छन् ।
ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि त्यसप्रति चिनिया राष्ट्रपतिले आपत्ति जनाएका हुन् ।
यसअघि चिनियाँ राष्ट्रपति सी ले ताईवानलाई चीनमा मिसाएर ‘पुनः एकीकरण गर्ने’ अभिव्यक्ति दिएका थिए ।
ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर दुई मुलुकबीच लामो समयदेखि विवाद रहेको छ । ताइवानले आफुलाई छुट्टै मुलुक मान्ने गरेको छ । चीनले भने ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies