२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाइ

Nada
२०८३ असार १९ गते १४:५७
Shares
सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाइ

काठमाडौं : निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ । आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाइ सञ्चालनमा आएको हो । 

ncell

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो । निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाइ राखिएको मन्त्रालयले जनाएको छ ।

उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ ।

सम्बन्धित खबर