
काठमाडौं : इंग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इंग्ल्यान्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।
इंग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औं र ३८औं मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औं मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औं मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे ।
इंग्ल्यान्ड खेलको ५५औं मिनेटदेखि १० खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औं मिनेटमा इंग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाएका थिए ।
इंग्ल्यान्डले अब क्वार्टरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।