२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राप्रपा नेता शाही जापान आउने

Nada
पूर्ण चलाउने
२०८३ असार २८ गते १९:०५
Shares
राप्रपा नेता शाही जापान आउने

टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन् ।

ncell

कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार टोकियोमा आयोजना गर्ने एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्न शाही जापान आउने भएका हुन् ।

आगामी बिहीबार टोकियोको इकेबुकुरोस्थित तोसिमा सिभिक सेन्टरमा दिउसो १ बजेदेखि ५ बजेसम्म कर्णाली प्रदेश समाज जापानले  कर्णालीको आवाज विश्व भरका नेपालीसँग विषयमा विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दैछ ।

उक्त कार्यक्रममा नेता शाहीले नेपालको वर्तमान अवस्था साथै विदेशमा रहेका नेपालीको देश निर्माणमा भूमिकाका विषयमा पनि जापानवासी नेपालीसँग वृहत अन्तर्क्रिया गर्ने कर्णाली प्रदेश समाज जापानका अध्यक्ष वीरेन्द्र शाहीले मध्यान्हलाई बताए ।

कार्यक्रममा सहभागी भएर आफ्ना विचार राख्न र सुन्नका लागि पनि कर्णाली प्रदेश समाज जापानले जापानका सबै संघ, संस्था, संगठनका साथै सबै जापानवासी नेपालीलाई अनुरोध गरेको छ ।

आयोजकका अनुसार जापानमा नेता शाही अन्य विभिन्न कार्यक्रममा पनि सरिक हुने कार्यक्रम तय भएको छ । उनको यो नितान्त निजी भ्रमण रहेको पनि कर्णाली प्रदेश समाज जापानले जनाएको छ ।

सम्बन्धित खबर