२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

रविसँगको भेटपछि प्रधानमन्त्रीले थाले राजनीतिक भेटघाट

Nada
२०८३ असार ३२ गते १५:२९
Shares
रविसँगको भेटपछि प्रधानमन्त्रीले थाले राजनीतिक भेटघाट

काठमाडौं : सिंहदरबाभित्र पसेपछि कसैलाई भेट नदिने नीति बनाएका प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रपछि राजनीतिक भेटघाट सुरु गरेका छन् ।

ncell

प्रधानमन्त्री शाहले बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरे । उनले आजै राष्ट्र बैंकका गर्भनर विश्व पौडेलसँग भेट गरेका थिए ।

विदेशी कुटनीतिज्ञहरूसँग समेत सहज भेटवार्ताको समय नमिलाएका प्रधानमन्त्री शाह नेतृत्वको सरकारको सय दिन पुगेपछि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका थिए । करिब चार घण्टा लामो भेटका क्रममा सभापति लामिछानेले शाहलसँग सरकारप्रति नागरिकतहमा देखिन थालेको नकारात्मक सन्देश, सुकुम्वासी समस्या, युवाहरूले गरेको आत्मदाह, सरकार सञ्चलानको कार्यशैली र आगामी यात्राका सम्बन्धमा कुराकानी भएको थियो ।

सभापति लामिछानेसँगको भेटवार्तापछि प्रधानमन्त्री शहाले सार्वजनिक सरोकारसँग जोडिएका व्यक्ति तथा संस्थाका व्यक्तिहरूसँगको भेटवार्तालाई महत्व दिएका हुन् ।

uae

सम्बन्धित खबर