२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

म्याग्दीको भगवती युवा क्लबले पोखरामा बास्केटबल प्रतियोगिता आयोजना गर्ने

Nada
२०८३ असार ३२ गते १८:४६
Shares
म्याग्दीको भगवती युवा क्लबले पोखरामा बास्केटबल प्रतियोगिता आयोजना गर्ने

पोखरा : म्याग्दीको भगवती युवा क्लबले पहिलोपल्ट जिल्लाबाहिर बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी २ साउनदेखि पोखरा रंगशालामा सुलभ प्रिजेन्ट्स थ्री बाई थ्री खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत दिइयो ।

ncell

पहिलो पटक म्याग्दी बाहिर खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिए । राखु भगवती मन्दिरमा हरेक वर्ष कोत पूजामा विशेष सहयोग, बडादशैं मेला सञ्चालन तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको क्लबले पोखरामा हुने प्रतियोगिताले युवाबिच आपसी भाइचारा, सद्भाव र एकता अभिवृद्धि हुने विश्वास गरे ।

प्रतियोगितामा पुरुषतर्फ १५ तथा महिलातर्फ ५ टिमले भाग लिनेछन् । तनहुँ, कास्की, म्याग्दी, काठमाडौं, पर्वतलगायत विभिन्न जिल्लाका खेलाडीहरूले प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक मल्लले सम्मेलनमा बताए । उनका अनुसार पुरुषतर्फ विजेताले ४२ हजार २२२ रुपैयाँ र उपविजेताले २२ हजार २२२ रुपैयाँ साथमा ट्रफी, मेडल र गिफ्ट ह्याम्पर पाउनेछन् ।

महिलातर्फ विजेताले २५ हजार २२२ तथा उपविजेताले १५ हजार २२२ रुपैयाँ सहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगितामा अमित मल्ल एण्ड फ्यामिली युएसएबाट प्रथम पुरस्कार प्रायोजन रहेको छ भने पावर्ड बाइ एक्सट्रिम हो ।

uae

सम्बन्धित खबर