
काठमाडौँ : बागमती प्रदेश सरकारले मन्त्रालयको संरचनामा पुनर्संरचना गर्दै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। मुख्यमन्त्री इन्द्र बानियाँले प्रशासनिक संरचना परिवर्तन गर्ने निर्णयसँगै नयाँ मन्त्रालय व्यवस्था लागू गरेका हुन् ।
मन्त्रालयको संख्या घटाइए पनि मन्त्रिपरिषद्को सदस्य संख्या भने यथावत् १४ नै राखिएको छ । नयाँ संरचना अनुसार छ जना मन्त्रीलाई हालका लागि विभागीय जिम्मेवारी नतोकी बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ ।
बिना विभागीय बनाइएका मन्त्रीहरूमा किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा तथा बिनुकुमारी रायमाझी पौडेल रहेका छन् ।
