२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गर्न संसद् सचिवालयको निर्देशन

Nada
२०८३ साउन १ गते १४:०८
Shares
सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण अद्यावधिक गर्न संसद् सचिवालयको निर्देशन

काठमाडौँ : संघीय संसद् सचिवालयले सांसदहरूलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन निर्देशन दिएको छ ।

ncell

सचिवालयले जारी गरेको सूचनामार्फत प्रचलित कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको चल-अचल सम्पत्तिको विवरण स्रोत खुल्ने गरी अद्यावधिक गर्न अनुरोध गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ले गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको सचिवालयले जनाएको छ ।

सांसदहरूले कानुनले तोकेको समय सीमाभित्र सम्पत्तिको विवरण, त्यसको स्रोत तथा आवश्यक प्रमाणसहित विवरण पेस गर्नुपर्नेछ। सचिवालयले तोकिएको अवधिमा विवरण उपलब्ध गराउन सम्बन्धित सबै सदस्यको ध्यानाकर्षण गराएको छ ।

uae

सम्बन्धित खबर