२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’, विजेतालाई ‘खसी’ पुरस्कार 

Nada
२०८३ साउन ७ गते १२:०३
Shares
झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’, विजेतालाई ‘खसी’ पुरस्कार 

काठमाडौँ : एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको एक दुर्गम आदिवासी गाउँले भने फुटबलको यस माहोललाई आफ्नै मौलिक र परम्परागत शैलीमा मनाएको छ ।

ncell

पूर्वी भारतीय राज्य झारखण्डको आदिवासी बहुल पश्चिम सिङ्भूम जिल्लास्थित तिरिलबासा गाउँका बासिन्दाले असार ३० देखि साउन १ सम्म विशेष फुटबल प्रतियोगिता आयोजना गरेका हुन् ।

विश्वकपको मेसोमा आयोजित ‘रङ्गीला स्टार तिरिलबासा’ नामक उक्त प्रतियोगितामा वरपरका ६४ गाउँका टोलीले भाग लिएका थिए । प्रतियोगितामा आकर्षणको मुख्य केन्द्र नगद पुरस्कारका साथै उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई ट्रफीका रूपमा वितरण गरिने खसीको बथान बनेको थियो ।

फाइनल भिडन्तमा एनसीएस मौडीले कुम्बरामलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । विजेता एनसीएस मौडीले १५ हजार भारतीय रुपैयाँ र तीन वटा खसी पुरस्कार प्राप्त गर्‍यो । 

उपविजेता कुम्बरामले १२ हजार रुपैयाँ र दुई वटा खसी तथा तेस्रो र चौथो स्थान हासिल गर्ने कोब्रा एफसी र गालुबासा एफसीले क्रमशः ९ हजार रुपैयाँसहित एक-एक वटा खसी हात पारे । आफ्नो पहिलो जितको खुसीयाली उनीहरुले गाउँलेसँग ‘खसी भोज’ मनाएको विजेता टोलीका कप्तान सचिन देवमले बताए ।

ताजा खबर

सम्बन्धित खबर