२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

गिरिजालाई सम्झिँदै प्रचण्डले भने- 'उहाँले भनेको कुरा पूरा हुने क्षणमा'

Nada
२०८१ साउन ३० गते १४:३०
Shares
गिरिजालाई सम्झिँदै प्रचण्डले भने- 'उहाँले भनेको कुरा पूरा हुने क्षणमा'

काठमाडौं : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अघि बढ्ने भएपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् ।

ncell

बुधबार प्रतिनिधिसभाको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा भाग लिँदै उनले कोइरालाको स्मरण गर्दै शान्ति सम्झौताको हस्तारक्षरकर्ता कोइरालाले भनेको कुरा पूरा हुने क्षणमा रहेको बताए । 

२०६३ मंसिर ५ गते शान्ति सम्झौता हुँदा स्व. कोइराला प्रधानमन्त्री थिए भने द्वन्द्वरत पक्षबाट प्रचण्डले हस्ताक्षर गरेका थिए ।

'यो विधेयक पारित भइरहँदा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झन चाहन्छु । सात दलीय गठबन्धन र गिरिजाप्रसाद कोइराला मेरो साझेदार हुनुहुन्थ्यो,' उनले भने, 'अस्पतालको अन्तिम भेटमा आफूपछि शान्ति प्रक्रियाको बाँकी काम मेरो काधमा रहको भन्नुहुन्थ्यो । आज पूरा हुँदैछ । यद्यपि कार्यान्वयनको जटिलता छँदैछ ।'

 हजारौँ शहीदको सपना पूरा हुने विश्वास गर्न सकिने र परिवर्तनको उपलबिध संस्थागन गर्दै समृद्धिको मार्गमा जाने फराकिलो बाटो तय गरेको प्रचण्डले बताए ।

ताजा खबर

सम्बन्धित खबर