२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशनको तयारी हुदै

Nada
२०८३ भदौ ६ गते १३:०३
Shares
नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशनको तयारी हुदै

मलेसिया : नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन तथा २१औँ वार्षिक उत्सवलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने तयारी अघि बढाइएको छ ।

ncell

आइतबार, १६ अगस्ट २०२६ मा सचिवालय बैठकका लागि आह्वान गरिएको भए पनि सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति हुन नसकेपछि शाखाका अध्यक्ष बिक्रम वाईबा तामाङ र महासचिव सविन कुमार लोप्चनको उपस्थितिमा आवश्यक विषयमा छलफल गरिएको थियो । छलफलपछि अधिवेशन तथा वार्षिक उत्सवसम्बन्धी विभिन्न निर्णय गरिएको शाखाले जनाएको छ ।

बैठकले आगामी कार्यक्रम क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रममा नेपाली राजदूतावास, मलेसियाका महामहिम राजदूतलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णयसमेत गरिएको छ ।

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौँ अधिवेशन आगामी १३ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तय भएको छ । अधिवेशनलाई निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न नेपाल तामाङ घेदुङ संघीय परिषद् सदस्य पासाङ लामाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिका सदस्यहरूमा राजु योन्जन तामाङ र बिक्रम वाईबा तामाङ रहेका छन् ।

अधिवेशनलाई पारदर्शी, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्दै संस्थालाई थप सुदृढ बनाउने उद्देश्यले आवश्यक तयारी अघि बढाइएको शाखाका अध्यक्ष बिक्रम वाईबा तामाङले जानकारी दिए ।

त्यस्तै, निर्वाचन समिति संयोजक तथा नेपाल तामाङ घेदुङ संघीय परिषद् सदस्य पासाङ लामाले पनि अधिवेशनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनसम्बन्धी आवश्यक तयारी अघि बढाइने बताए ।

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले पाँचौँ अधिवेशन तथा २१औँ वार्षिक उत्सवमा मलेसियामा रहेका सम्पूर्ण तामाङ समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको छ । संस्थाले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तामाङ समुदाय तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर