२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

Nada
२०८३ भदौ ७ गते १३:५५
Shares
गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

काठमाडौँ :  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्य पहाडी लोक मार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।

ncell

सिम्लीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारीसाधनले मुसिकोट खलंगाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । 

ताजा खबर

सम्बन्धित खबर