२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेनजी घाइते र शहीद परिवारको चेतावनी, कर्मचारीहरू पछि हटेको आरोप

Nada
२०८३ भदौ ७ गते १५:३१
Shares
माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेनजी घाइते र शहीद परिवारको चेतावनी, कर्मचारीहरू पछि हटेको आरोप

काठमाडौँ : जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । 

ncell

जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरूका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो । 

पत्रकार सम्मेलनमा जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले शहीद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गरे । 

उनले गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र जेनजी शहीदका परिवार र घाइतेहरूका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको भए पनि अहिलेसम्म ठोस प्रगति नभएको बताए । 

उनले आफूहरूका माग सम्बोधन गर्न भन्दै सरकारले पटक पटक समिति गठन गर्ने तर ती समितिले प्रभावकारी रूपमा काम गर्न नसक्दा सरकारप्रति आफूहरूको विश्वास गुम्दै गएको बताए । चौलागाईंले घटना भएको १२ महिना बितिसक्दा समेत सरकारले विश्वास गर्ने आधार तयार गर्न नसकेको आरोप लगाए । उनले सरकारले विगतमा शहीद परिवार र घाइतेहरूसँग गरेका सहमतिहरू कार्यान्वयन नगरेको समेत आरोप लगाए ।

उनले भने, ‘गृहमन्त्री सुधन गुरुङले हामीलाई एक महिनाको समय दिनुहोस् सबै मागहरू पूरा गर्छु भनेको हुनाले हामीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका हौँ । तर अब त्यो अवस्था छैन । हामीहरूले उहाँहरूको भनाइ पनि सुन्यौँ । यो बीचमा धेरै समितिहरू पनि बने सभापतिज्यू शहीद परिवारको कार्यकक्षमा आएर कसर्न दिन शहीदको बाबुलाई अँगालो मारेर तपाईँको छोरो त गयो अब म तपाईँको छोरो हुँ । जे जे गर्नुपर्छ म गर्छु भनेको दिनदेखि उहाँ छ महिना हराउनुभयो । फेरी आएर समिति बनाउँछौँ तपाईँका सबै मागहरू समितिसमक्ष राख्नुस् भन्नुभयो । समिति पनि बन्यो तर समितिले कुनै बैठक नै गर्न पाएन । हामीले १२ महिना हुँदा समेत सरकारले विश्वास लाग्ने काम पनि गरेन कुरा पनि गरेन । हामीले सरकारले मन्त्रालयका सहसचिव र घाइते तथा शहीद परिवारका दुई दुई जना सम्मिलित बैठकमा समेत यो समितिले ट्ंग्याएका सबै विषयहरू सरकारले हुबहु पास हुने ग्यारेन्टी दिनुस् भनेर भनेका थियौँ । तर उहाँहरूले मान्नुभएन । हामीहरूले दुःखबाहेक केही पनि पाएनौँ । हामीले गरेको एसएमएसको रिप्लाई आजसम्म पनि दिनुभएको छैन । अब त्यो समितिलाई विश्वास गरेर हिँड्दा खेरी हाम्रा मागहरू पूरा होलान् त ?’

उनले मन्त्रालयका सहसचिव, शहीद परिवार र घाइतेका प्रतिनिधि सम्मिलित समितिमा आफूहरूले समितिले टुंग्याएका विषय सरकारले कार्यान्वयन गर्ने सुनिश्चितता माग गर्दा मन्त्रालयका कर्मचारीहरू पछि हटेको आरोप समेत लगाए ।

ताजा खबर

सम्बन्धित खबर