
काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ ।
कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् ।
त्यस्तै विपक्षमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यले मतदान गरेका छन् । नेपाली कांग्रेसका २९ प्रदेश सभा सदस्य छन् ।
राप्रपाका सांसदहरू भने तटस्थ बसे । कोशीमा राप्रपाका सभामुख सहित ५ सदस्य छन् । जनता समावादीकी एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु उपस्थित भइनन् ।