जेद्दाह : साउदी अरबले आप्रवासी कामदारको सट्टामा आफ्ना नागरिकलाई रोजगारीमा लगाउने क्रमलाई तिव्रता दिएको छ । सन् २०२२ मा मात्रै १ लाख ८८ हजार साउदी नागरिक रोजगारीमा जोडिएको भन्दै साउदी गजेट पत्रिकाले दैनिक १ हजार ३९ जना स्थानीय नागरिक रोजगारीमा जोडिएको उल्लेख गरेको छ ।
सन् २०२१ को तुलनामा २०२२ मा स्थानीयलाई रोजगारीमा जोड्ने क्रम ५.४५ प्रतिशतले बढेको बताइएको छ । रोजगारीमा जोडिनेमा साउदी महिलाको संख्या उल्लेख्य रहेको भन्दै उक्त पत्रिकाले दैनिक ५ सय ८५ जनाका दरले १ लाख ६ हजार महिला रोजगारीमा आएको समेत उल्लेख गरेको छ ।
साउदी अरबमा हाल विभिन्न क्षेत्रमा १ करोड ५ लाख ३० हजार विदेशी कामदार रहेका छन् । आप्रवासी कामदारमाथि दीर्घकालीन निर्भरता हटाउने लक्ष्य लिएको साउदी अरबले देशको अर्थतन्त्र बलियो बनाउन पनि आप्रवासी कामदारमाथिको निर्भरता कम गर्ने नीति कार्यान्वयनमा ल्याएको समाचारमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies