२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

पहिचान र पुन:स्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा-चरवाको प्रदर्शन

Nada
२०८३ भदौ ९ गते १९:११
Shares
पहिचान र पुन:स्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा-चरवाको प्रदर्शन

काठमाडौँ : आफ्नो पहिचान, अधिकार र उचित पुन:स्थापनाको माग गर्दै मुक्त हरवा-चरवाहरूले मंगलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् । 

ncell

नवगठित मुक्त हरवा-चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त र्‍यालीमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा-चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । 

जनकपुरधामस्थित रेलवे स्टेशनबाट शुरु भएको विरोध र्‍यालीले नगरका मुख्य सडकहरूको परिक्रमा गरेको थियो । 

र्‍यालीपश्चात् सहभागीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल ढोका अगाडि पुगेर धर्ना दिएका थिए । प्रदर्शनका क्रममा बोल्दै मुक्त हरवा-चरवा संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले मुक्त घोषणा गरे पनि आफूहरूको अवस्थामा सुधार नआएको गुनासो गरे । 

संघर्ष समितिका प्रतिनिधिहरूकाअनुसार सरकारले हरवा-चरवा प्रथा अन्त्य भएको घोषणा गरे पनि व्यवहारमा भने अझै धेरै व्यक्तिहरू भूमि, आवास र सामाजिक सुरक्षाबाट वञ्चित रहेका छन् । 

उनीहरूले घोषणाको कार्यान्वयन फितलो हुँदा मुक्त हरवा-चरवाहरू पुनः संकटमा परेको उल्लेख गरे । 

समितिले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । जसअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि भदौ १० गते बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिने तयारी गरिएको छ । बुधवार नै प्रदेश सरकारलाई मागपत्र बुझाउँदै आफ्ना समस्या तत्काल सम्बोधन गर्न दबाब दिइने संघर्ष समितिले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर