२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

भोटेकोशी नदीमा अचानक ठूलो बाढी, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Nada
२०८३ भदौ १० गते १०:१३
Shares
भोटेकोशी नदीमा अचानक ठूलो बाढी, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक ठूलो बाढी आएको छ । बिहान करिब ९ः१५ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन् ।

ncell

परियारका अनुसार बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन । प्रशासनले घटनाबारे थप जानकारी संकलन तथा क्षतिको विवरण बुझ्ने काम गरिरहेको जनाएको छ ।

भोटेकोशी नदीमा पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्र जोखिममा पर्न सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

स्थानीय प्रशासनले नदीको बहावमा थप वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर