काठमाडौं : गत आइतबार सम्पन्न भएको निर्वाचनको नतिजा क्रमश आउँने क्रममा छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । तर बाजुरा घटनाले गर्दा निर्वाचन शान्तिपूण रुपमा सम्पन्न हुन नसकेको संकेत गर्छ ।
जिल्लामा निर्वाचन सम्पन्न भएका १७ वटा मतदान केन्द्रमा पुन मतदानको माग हुँदै आएको छ । यसका साथै छुट्टाछुट्टै घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग गर्दै बाजुरामा निरन्तर बन्द तथा हड्ताल हुँदै आएको छ । ‘घटनाका दोषीलाई तत्काल पक्राउ गरे कारबाही प्रक्रिया अगाडि बढाउने र कानून वितरीत भएका मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गर्नुपर्ने हाम्रो माग हो ।’ नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले भने । ‘निर्वाचनका क्रममा १७ वटा मतदान केन्द्रमा सत्ता गठबन्धले बुथ कब्जा गरेको छ, ती स्थानमा पुनः मतदान गर्नुपर्ने हाम्रो माग हो । जसका लागि निर्वाचन आयोगले छानविन समिति बनाएको छ भन्ने मैले सुनेको छु । त्यो छानविन समितिले जिल्लामा आएर सत्यतथ्य बुझेर निर्णय गर्ला’ उम्मेदवार थापाले भने । आइतबार स्थगित भएको एउटा मतदान केन्द्रमा भने मंसिर १० गते पुनः मतदान गर्ने निर्णय भएको छ ।
आफन्तले शव बुझेनन्
त्रिवेणी नगरपालिका ७ मा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका सञ्जिव अयडि र नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटपछि मुत्यु भएका चेतन अयडिको शव आफन्तले बुझेका छैनन् । घटनालाई लिएर बाजुरा तीन दिनदेखि अस्तव्यस्त बनेको छ । हत्यामा संलग्नलाई प्रक्राउ नगर्दासम्म शव नबुझने आफन्तले अडान राखेका छन् ।
घटनाको सत्यतथ्य छानबिनसँगै क्षतिपूर्तीको माग गरेका छन् । अनेरास्ववीयु नेता अयडिको हत्यामा संलग्नलाई कारबाही माग गर्दै अनेरास्वीयु बाजुराले तीन दिनदेखि बजार बन्द गराइरहेको छ । सदरमुकाम मार्तडी, कोल्टि लगायतका बजार, यातायात, शैक्षिक संस्था, कार्यलय बन्द रहेका छन् ।
अयडीको विभत्स हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा उनका आफन्तले २२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
प्रजिअ र सुरक्षा अधिकृतहरूमाथि दुव्र्यवहार
बाजुरामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकृतहरूमाथि आन्दोलनकारीले दुव्र्यवहार गरेका छन् । जिल्ला सदरमुकामको लोकतान्त्रिक चोकमा सर्वदलीय बैठकबाट फर्किँदै गरेका प्रजिअ प्रकाशचन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत र सुरक्षा प्रमुखहरुलाई अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर निस्केको खरानी फालेर दुव्र्यवहार गरेका हुन् । आन्दोलनकारीले प्रजिअसहित सुरक्षा अधिकारीहरूलाई दुव्र्यवहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए ।
कोणसभा सकिएपछि बैठकबाट आउँदै गरेका मुख्य निर्वाचन अधिकृत, नेपाल प्रहरीका एसपी भीम किरण बोगटी, सशस्त्र प्रहरीका एसपी वीरेन्द्रबहादुर ऐर, बाजुराका डीएसपी चतुर्भुज ओझा लगायतलाई आन्दोलनकारीले ढुंगामुढाको प्रयास गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies