२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाढी प्रभावितको उद्धारमा खट्न पार्टी पंक्तिका नेता-कार्यकर्तालाई गगन थापाको निर्देशन

Nada
२०८३ भदौ १० गते १२:०४
Shares
बाढी प्रभावितको उद्धारमा खट्न पार्टी पंक्तिका नेता-कार्यकर्तालाई गगन थापाको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा आएको ठूलो बाढीका कारण अवस्था गम्भीर बनेको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

ncell

बुधबार सामाजिक सञ्जालमार्फत थापाले विशेषगरी भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अपिल गरेका हुन् ।

उनले बाढीबाट उत्पन्न विपद्को सामना गर्न सरकारले राज्यका सबै संयन्त्र परिचालन गरी तीनै तहका सरकारबीच समन्वय गरेर उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

थापाले नेपाली कांग्रेस विपद्को समयमा सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पार्टीका सबै समिति तथा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा तत्काल सक्रिय हुन आग्रह गरेका छन् ।

उनले तटीय क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न तथा प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग गर्नसमेत अपिल गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर