२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

ओखलढुंगामा आगलागीबाट दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

Nada
२०८३ भदौ १० गते १२:०७
Shares
ओखलढुंगामा आगलागीबाट दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुई वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

ncell

आगलागीबाट स्थानीय कोटमाया कार्की र ज्ञानकुमारी कार्कीको घर जलेर नष्ट भएको हो । घटना लगत्तै खटिएको नेपाल प्रहरी र स्थानीयवासीको टोलीले कडा मिहिनेतपछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट दुवै घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सामाग्री नष्ट हुँदा करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर