२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

Nada
२०८३ भदौ १० गते १३:२५
Shares
राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।

ncell

राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्दछु ।” 

साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उनले आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर