२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह

Nada
२०८३ भदौ १० गते १५:४७
Shares
बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामथ्र्य लगाउन आग्रह गरेका छन् । 

ncell

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सभापति लामिछानेले यो कठिन घडीमा सरकार र आफ्नो पार्टी पीडितहरूको साथमा रहेको प्रतिवद्धता जनाएका हुन् । त्रशूली क्षेत्रमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।

उनले बाढी र पहिरोको जानकारी प्राप्त भएलगत्तै आफूले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्री लगायतका सरकारी संयन्त्रसँग निरन्तर संवाद र समन्वय गरिरहेको जानकारी दिए । सरकारले रणनीतिक योजनाका साथ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको भन्दै उनले यतिबेला सबैभन्दा महत्वपूर्ण कार्य नागरिकको रक्षा गर्नु रहेको उल्लेख गरे ।

सभापति लामिछानेले विपद्को समयमा सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर एकजुट हुन आवश्यक रहेको बताए । संकटको यस घडीमा प्रतिपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको बताए । 

उनले रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप क्षति हुन नदिन उच्च शतर्कता अपनाउन, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन अपिल गरेका छन् ।

साथै, चितवन र नवलपरासी लगायतका तल्लो तटीय क्षेत्रमा समेत सावधानी अपनाउन आग्रह गर्दै उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति र आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए । 

ताजा खबर

सम्बन्धित खबर