२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ

Nada
२०८३ भदौ १० गते १६:५३
Shares
प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ

काठमाडौं : प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

ncell

पक्राउ पर्नेमा झापा भद्रपुर–९ स्थायी घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै आगामी २३ भदौमा ‘सिध्याइदिने’ आशयको स्टाटस लेखेका थिए । उक्त पोस्टमा उनले प्रहरीलाई समेत ट्याग गर्दै अपशब्द प्रयोग गरेको बताइएको छ ।

पक्राउपछि दहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ । प्र

ताजा खबर

सम्बन्धित खबर