२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

रसुवामा आएको बाढीबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

Nada
२०८३ भदौ १० गते १७:०८
Shares
रसुवामा आएको बाढीबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं : बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीमा खटिएको प्रहरीले रसुवा, नुवाकोट र धादिङबाट १६ जनाको शव फेला पारेको जनाएको छ ।

ncell

प्रहरीका अनुसार नुवाकोटमा ९, धादिङमा ६ र रसुवामा १ जनाको शव भेटिएको हो । रसुवाका प्रभावित क्षेत्रमा भने अहिलेसम्म सहज रूपमा सम्पर्क स्थापित हुन सकेको छैन ।

बाढीका कारण रसुवाको टिमुरे बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ३२ जना सुरक्षाकर्मीसमेत बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाढीबाट विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण अझै संकलन भइरहेको छ । उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर