२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाढीपीडितका लागि विश्व बैंकले २५ अर्ब दिने, भारत र चीनबाट पनि सहयोगको प्रतिबद्धता

Nada
२०८३ भदौ १० गते १७:२०
Shares
बाढीपीडितका लागि विश्व बैंकले २५ अर्ब दिने, भारत र चीनबाट पनि सहयोगको प्रतिबद्धता

काठमाडौँ : बाढीबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोगको पहल थालेका छन् ।

ncell

बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकका नेपाल राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समन्वय गर्दै विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सकिने जानकारी दिएका छन् ।

दक्षिणी छिमेकी भारतले पनि बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची सरकारसँग मागेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्च तहका अधिकारीसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतबाट प्राप्त हुने राहत सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको बताएका छन् ।

यसैगरी, उत्तरी छिमेकी चीनले पनि नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ । सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन् ।

भारत, चीन तथा विश्व बैंकबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ । अर्थमन्त्री वाग्लेले सहयोग परिचालनका लागि अन्तरसरकारी समन्वय गर्दै आवश्यक मोडालिटीबारे छलफल भइरहेको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि राहत, उद्धार तथा पुनर्निर्माणका लागि स्वदेशी तथा विदेशी सहयोग जुटाउने प्रक्रिया थप सहज भएको हो ।

ताजा खबर

सम्बन्धित खबर