२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री शाहसँग टेलिफोन संवाद, सहायताका लागि भारत तयार

Nada
२०८३ भदौ १० गते १७:४३
Shares
भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री शाहसँग टेलिफोन संवाद, सहायताका लागि भारत तयार

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उक्त कुराकानीबारे जानकारी दिँदै नेपालमा हालैको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

ncell

मोदीका अनुसार उनले प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकहरूसँग ऐक्यबद्धताका साथ उभिएको पनि उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्रीले नेपाललाई आवश्यक पर्ने सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको स्पष्ट पारेका छन् । साथै, उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन दुवै देशका सम्बन्धित निकायबीच नजिकबाट समन्वय भइरहेको जानकारी दिएका छन् ।

‘प्रधानमन्त्री वालेन्द्र शाहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरें । यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्, ‘मोदीले भनेका छन्, ‘भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ ।’

ताजा खबर

सम्बन्धित खबर