काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत स्विट्जरल्याण्डले जित हात पारेको छ । अल जानोब स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डले क्यामरुनलाई १-० गोल अन्तरले पराजित गरेको हो । समूह 'जी' मा रहेको स्विट्जरल्याण्डले समूह चरणको पहिलो खेलमै क्यामरुनमाथि जित निकालेको हो ।
स्विट्जरल्याण्डलाई जित दिलाउन एकमात्र गोल ब्रिल इम्बोलोले गरे । पहिलो हाफ बराबरीमा टुंगिए पनि दोस्रो हाफमा स्विट्जरल्याण्डले अग्रता लिएको थियो । ब्रिलले ४८ औँ मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई ३ अंक दिलाए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies