
क्वालालम्पुर, मलेसिया : सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ मा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ ।
मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा अझ मजबुत बनाउँदै सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष दिनेश खड्का ‘खप्तडी’ले जानकारी दिए ।
आयोजकका अनुसार पूर्वमन्त्री डा. भीमबहादुर रावल हुनेछन् भने नेपाल राजदूतावास, मलेसियाको विशेष उपस्थिति रहनेछ ।
कार्यक्रममा बहुचर्चित नवउँदयमान गायक जे.आर. भट्ट, गायक जनकराज महरा तथा स्थानीय कलाकारहरू टेकम पाण्डे ‘जिज्ञासु’, भक्त बी.सी., रमेश शेसी, बिरेन्द्र सुनार, काशी गुरुङ साथै बिना तामाङ, भिम घलान तामाङ र डोम्साङ गोले तामाङ को नृत्य प्रस्तुति रहनेछ ।
सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान झल्काउने यस विशेष कार्यक्रममा मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुका साथै सहयोग र सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।