काठमाडौं : वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मंसिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो ।
कलाकृतिहरुको प्रदर्शनीले हिन्दु र बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्तहरु, नेपालको मौलिक धर्म र दर्शनहरु जगाउने उद्देश्यसहित कलाकृतिहरुमा प्रतिनिधित्व गरिएका देवताहरुको संग्रहित खण्डहरुमा प्रस्तुत गरिने भएको छ ।
परिषद्का अध्यक्ष सागर शमशेर राणाले नेपालको कला, कलाकारलाई उत्थान गर्ने तथा हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रर्दशनी गर्न लागिएको बताए । स्वतःस्फूर्तरुपमा संकलन गरिएका एक सय ६० कलाकारका दुई सय ४६ कला प्रदर्शनीमा राखिनेछ । नवोदित कलाकारदेखि वरिष्ठ कलाकारबाट सङ्कलन गरिएका ग्रह देवताहरु, योगिनी, भैरव तथा बौद्ध देवताको कलाकृति समेत विशेषरुपमा रहने परिषदद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies