काठमाडौं : एस् इन्स्टिच्युट अफम्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ४८ घन्टे ह्याकथन ‘एस् इग्नाइट’ सम्पन्न गरेको छ । कलेजकै प्राङ्गणमा सम्पन्न भएको यस प्रकारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ । ह्याकथनमा उपत्यकाभित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु रहेका थिए । ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ ।
इभेन्ट लिड प्रज्वलश्रेष्ठले भने, ‘विभिन्न क्षेत्रका युवा प्रतिभाहरुको क्षमता र समस्या समाधान गर्नको लागिउनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकरात्मक परिवर्तन ल्याउनेछ । हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौं भन्ने उनीहरुको मनोबल वास्तवमै प्रशंसनीय छ । उनीहरुको उत्साहजनक सहभागिताले पक्कै पनिह्याकथनलाई वास्तवमै सफल बनाएको छ ।’
त्यस्तै एस् इग्नाइटका मेन्टरका एक बेन्जिनदाहालले भने, ‘विद्यार्थीहरु वास्तविक समस्याहरु समाधान गर्न को लागि एउटै प्ल्याट्फर्ममा आएर उनीहरुले गरेको सहकार्य सराहनीय छ । ह्याकथनको सबैभन्दा राम्रो कुरा भनेको उनीहरु आफ्नो इनोभेसनमा मात्र सिमित नभै त्यो इनोभेसन आवश्यक हुने ठाउँमा पुर्याउन पनि उत्तिकै प्रयासरत थिए ।’
एस् इग्नाइटमा प्रथम स्थान यारस टिमका युनिकाबज्राचार्य,अनुज छेत्री,अश्मित रजौरे, रुजल आचार्य र सुबन श्रेष्ठले प्राप्त गरेका छन् । दोस्रो स्थान टिम पि एन पि टिमका बंशज पौडेल, नदिका पौडेल, क्रिश्बिन पौडेल र महिमा ढकाल प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थान टिम टेली टबिजका सुगम पौड्याल, रोशिश श्रेष्ठ, सिमोन प्रधान, समिर श्रेष्ठ र आयुश राज पाण्डेले प्राप्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies