२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाढीपीडितका लागि इन्टरपिड रिक्रुटमेन्टको आर्थिक सहयोग

Nada
२०८३ भदौ १० गते २२:०९
Shares
बाढीपीडितका लागि इन्टरपिड रिक्रुटमेन्टको आर्थिक सहयोग

काठमाडौं : वैदेशिक राेजगार व्यवसायीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाहरूका लागि आपतकालीन सामग्रीका लागि सहायता सुरुवात गरेका छन् ।

ncell

युवा व्यवसायी, इन्टरपिड रिक्रुटमेन्ट सर्भिसेस प्रा.लि.का सञ्चालक, लायन्स क्लब अफ काठमाडौं अन्नपूर्णका प्रेसिडेन्ट तथा एस एन्ड एस ट्रेनिङ सेन्टर प्रा.लि.का सञ्चालक तथा समाजसेवी श्रवणकुमार दाहालले तत्काल १ लाख ५५ हजार ५५६ रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग गरेको मध्यान्हलाई जानकारी दिए ।

बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लाका तटीय क्षेत्रहरूमा ठुलो जनधनको क्षति भएको छ । बाढीपछि विस्थापित भएका नागरिकहरू कठिन परिस्थितिमा जीवन यापन गर्न बाध्य छन् ।

विपद्को यस घडीमा निजी क्षेत्रबाट आएको सहयोगले पीडितहरूको उद्धार तथा राहत कार्यमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर