धादिङ : धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । उनी ३५ हजार नौ सय ३४ मत प्राप्त गर्दै विजयी बनेका हुन् ।
पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरेका थिए । दुई हजार छ सय ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता रहेकामा ८० हजार छ सय १५ जनाले मतदान गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies