२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला, ६४४ पर्यटक सम्पर्कविहीन

Nada
२०८३ भदौ ११ गते १२:५१
Shares
भोटेकोशी बाढी: हालसम्म १७७ जनाको शव फेला, ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन ।

ncell

प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र ६ पुरुष र पहिचान नखुलेका २ जना, धादिङमा ९ महिला, ११ पुरुष, एक बालिका तथा पहिचान नखुलेको ६ जनाको शव भेटिएको छ । गोरखामा दुई महिला, १० पुरुष, एक बालक र पहिचान नखुलेका ७ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार चितवनमा १५ महिला, १९ पुरुष, २ जना बालिका, चार बालक र पहिचान नखुलेका २९ जनाको शव भेटिएको छ । त्यसैगरी तनहुँमा एक महिला, ६ पुरुष, एक बालिका, एक बालकको शव भेटिएको छ । नवलपरासी पूर्वमा ६ महिला, १५ पुरुष, ४ बालिका, एक बालक र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ ।

६४४ पर्यटक सम्पर्कविहीन
भोटेकोशी नदीको बाढीका कारण सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सबैभन्दा धेरै १७८ भारतीय, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन छन् । मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक पनि वेपत्ता रहेको बोर्डले जनाएको छ ।

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक छ ।

मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक वेपत्ता रहेको तथ्यांक छ । सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक वेपत्ता रहेको बोर्डले जनाएको छ । बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्यांक संकलन गरेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर