काठमाडौं : गायक देव विश्वकर्मा र गायिक विन्दु गौतमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पन्तको संगीत रहेको छ भने शब्द गायक विश्वकर्माकै रहेको छ ।
ग्रामीण परिवेशमा रहेका प्रेमी प्रेमिका बीचको मनको भावलाई गीतमा समेटिएको छ भने स्वयं संगीतकार पन्तको जन्मभूमि पर्वत जिल्लाको सुन्दर गाउँ लिमिठानामा छायांकन गरिएको छ । म्युजिक भिडियोमा आफूले अध्ययन गरेको विद्यालय, पानी खाने धारा, बन जंगल र लिमिठानाको एतिहासिक चौतारोलाई समेटिएको छ ।
विजय गौडेलको छायांकन, निसान एसकेको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा सञ्जय पौडेल, सुजिता बस्याल, रामचन्द्र भुसाल, अनु सुनार, अपर्ण परियार र अजिता भुसालको अभिनय रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies